दोधारा चाँदनीको सिमा क्षेत्रबाट प्रहरी र माईती नेपालद्धारा महिलाको उद्धार

कञ्चनपुर, ३ माघ– दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रबाट भारत जान लागेको एक महिलाको उद्धार गरिएको छ । दैजी गाबिस हाल बेतकोट नगरपालिका धरमपुर बस्ने अन्ताजी २९ वर्ष कि एक महिला दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर नेपाल-भारत सिमा नजिकबाट भारत जान लागेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतियावकर, बाबाथान प्रहरी चौकी र माईती नेपालको टोलीले उद्धार गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

दोधारा चाँदनी नगरपालिकाको कुतियावकर क्षेत्रबाट महिला भारत जान हिडेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतियावकर को एक टोलीले रोकेको हो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतियावकरका सई देबेन्द्र नाथका अनुसार जोखिम रुपमा चोटपटक लागेको अवस्थामा एक्लै महिला भारत जान लागेको अवस्थामा सोधपुछ गर्दा शंकाको आधारमा उक्त महिलालाई रोकेको बताए ।

Navadurga sun

महिलाको हात र मुखमा निलडाम हुने गरि चोट देखिएको बताईएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी कुतियावकर, बाबाथान प्रहरी चौकी र माईती नेपालको टोलीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उनको उपचारपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी ल्याईएका थिए । मानसिक अवस्था अलिक कमजोर जस्तो देखिएको ति महिलालाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...