सुप विश्वविद्यालयको बेतिथि बिरुद्धमा क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा (प्रेस विज्ञप्ती सहित)

कञ्चनपुर, ३ माघ– सुदूरपश्चिम विश्वविद्यालयका बेथिति बिरुद्धमा आन्दोलनरत अखिल क्रान्तिकारीले फेरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले सोमबार विश्वविद्यालयका बेथिति बिरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अखिल क्रान्तिकारी सुप विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष गणेशराज मिश्रले हस्ताक्षर गरेको विज्ञप्तीमा माघ ४ देखि १० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन ।

Dadeldhura hospital

विश्वविद्यालयका सवारी साधन दुरुपयोगबाट रोक्नका लागि परीक्षाका कार्यक्रम बाहेक अन्य कामका लागि भन्दै दुरुपयोग हुने सवारी साधन चल्न नदिने, ६ माघदेखि विश्वविद्यालयका पदाधिकारीलाई पूर्ण बहिस्कार गर्ने, १० माघदेखि विश्वविद्यालयका पदाधिकारीको स्वेच्छादारी बिरुद्धमा पर्चा पम्पलेट गर्दै भण्डाफोर अभियान चलाउने घोषणा गरेको छ । अखिल क्रान्तिकारीले पदाधिकारी सहितले विश्वविद्यालय दोहनमा लागेको भन्दै नियन्त्रणका लागि आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रेस विज्ञप्ती :

Loading...