सामाजिक रुपान्तरण र विकासमा पत्रकारिताको खाँचो : प्रजिअ पौडेल

बाजुरा, ३ पुस– प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले सामाजिक रुपान्तरण र विकास पत्रकारितामा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।

सोमबार जिल्लास्थित संचारकर्मीहरुसंगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले समाजमा बाल विवाहको अवस्था भयावह हुदै गएकाले सो कार्य रोक्नका लागि संचार माध्यमले अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

Navadurga sun

जिल्लास्थित संचारकर्मीलाई प्रजिअ पौडेलले बाल विवाह रोकथाम र सचेतनाका कार्यमा विशेष ध्यान दिनुपर्ने बताए । पत्रकारहरुसंग प्रजिअ पौडेलले जिल्लामा सामाजिक रुपान्तरण र विकासमा पत्रकारिताको खाँचो रहेको औल्याएका छन् । व्यवसायिक विकास पत्रकारिता पेशमा रहेर समाजका अन्विश्वास र कुरिती अन्त्य गर्न कुनै बाधा आएमा शान्ति सुरक्षाको जिम्मेवारी आफुले लिने प्रतिवद्धता जनाएका छन् ।

पित पत्रकारिता पछिल्लो समय मौलाउदै गएकाले सो कार्यप्रति चासो नराख्न पत्रकारलाई आग्रह प्रजिअ पौडेलको रहेको छ । पित पत्रकारिताले कसैलाई पनि भलो नहुने भएकाले त्यस्ता कार्यमा संलग्न नहुन र पत्रकारलाई व्यवसायिक पत्रकारिताको धर्ममा बस्न प्रजिअ पौडेलले आग्रह समेत गरेका हुन् । पत्रकारिता पेशामा चुनौती भएपनि शान्ति सुरक्षामा अभाव हुन नदिने दाबी गरेका छन् ।

जिल्लामा शान्ति सुरक्षा र जनताको हितमा काम गर्न आएकाले विकास निर्माण र सामाजिक रुपान्तरणमा समन्वय र सहकार्य आवश्यक रहेको प्रजिअ पौडेलले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...