सेती प्रयोगशालामा थप ८९ जनामा कोरोना संक्रमण पु्ष्




धनगढी, ३ माघ– धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।



त्यस्तै २४ घण्टामा थप ३ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको छ ।


जसमध्ये आइसियुमा ३ जना र भेन्टिलेटरमा २ जना कोरोना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



