एमाले डडेल्धुराको अध्यक्षमा साउँद सर्वसम्मत

डडेल्धुरा, २५ पुस– नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएको भएपनि अन्तिममा उनी साउँदलाई नै अध्यक्ष बनाउन तयार भएका हुन्। जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन्।

Navadurga sun

अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ। यसअघि सातौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका साउँद डा। तारा जोशी हारेका थिए। त्यसपछि उनी नयाँ शक्ति केन्द्र पार्टीमा गएका थिए। नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा प्रवेश गरेका नेता साउँद एमाले फुटेपछि पुनः एमाले जिल्ला अध्यक्ष भएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...