कोरोना अपडेट : सुदूरपश्चिमका थप ७ जनामा कोरोना संक्रमण पुस्टि

Dadeldhura hospital

अत्तरिया- सुदूरपश्चिममा आज (शनिबार) थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुस्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुस्टि भएको जनाइएको छ । निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ७० जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बैतडी अस्पतालको प्रयोगशालामा ६ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो ।

Loading...