गोदावरी नगरपालिका र भूमि आयोगबिच भूमिहीनलाई लालपूर्जा वितरणका लागि सम्झौता

अत्तरिया, २४ पुस- भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई नाप जाँच र लालपुर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग र स्थानीय तह गोदावरी नगरपालिका बीच सम्झौता भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबीच आयोग र स्थानीय तह नगरपालिकाबीच दुई पक्षीय सम्झौता भएको हो ।

Dadeldhura hospital

कैलालीको गोदावरी नगरपालिकाले पनि भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा नाप, जाँच र लालपुर्जा वितरणका लागि सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको उपस्थितिमा आयोगका पदाधिकारी र गोदावरी नगरपालिका प्रमुख हरीसिंह साउँदले सम्झौता पत्रमा सम्झौता गरेका छन् ।

Navadurga sun
Godawari sandesh

यसअघि तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग भएको बेला भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गर्नुका साथै राजस्व उठाइएको थियो । केपी ओली नेतृत्वको सरकार हटेपछि गठित देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरेको थियो ।

Loading...