प्रगतिशिल शिशु कृषि सहकारीको सातौँ बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, २४ पुस- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बास्कोटामा रहेको प्रगतिशिल शिशु कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिबेदन, आयब्याय र आगामी योजनाहरु प्रस्तुत गर्दै सातांै बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका संचालक समितिका अध्यक्ष गोरख बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन समारोह कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासराज्य मन्त्री चुनकुमारी चौधरी प्रमुख अतिथी रहेकी थिइन् । बिशिष्ट अतिथीमा वडा नं. ४ का वडा सदस्य कृष्णा जोशी र वडा नं ६ का सदस्य धन बहादुर खड्का रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले सानो सानो पुजीँवाट स्थापना भएको सहकारीले ग्रमिण क्षेत्रमा नागरिकहरुका लागि महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको बताइन् । उनले सहकारीले बचत गर्ने बानीको विकाससंगै नेतृत्व क्षमताको पनि विकास हुने बताइन् । उनले सबैले सहकारीमा आबद्ध भएर आफ्नो आम्दानीको थोरै रकम बचत गर्नुपर्ने बताइन् ।

Dadeldhura hospital

२०७१ सालमा स्थापना भएको प्रगतिशिल शिशु कृषि सहकारी संस्थमा सुरुमा ३५ जना शेयर सदस्य रहेका थिए भने ३८ हजार रुपैया शेयर पुजी रहेको थियो । प्रत्येक बर्ष शेयर सदस्य र पुुजीँ बढ्दै गएपछि सात बर्ष सम्म आइपुग्दा संस्थाको शेयर पुजीँ ६ लाख ७५ हजार रुपैया रहेको छ भने शेयर सदस्यहरुको संख्या ४ सय ४४ जना पुगेका छन् ।

संस्थाले आर्थिक बर्ष २०७७/०७८ को अषाढ समान्त सम्म आइपुग्दा ५३ लाख ३३ हजार ६ सय ६३ रुपैया बराबरको कारोबार गरेको छ । संस्थाले गत एक बर्षमा सबै खर्चहरु कटाएर २१ सय ३४ रुपैया खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै २०७८ साल अषाढ मसान्त सम्ममा संस्थाले २६ लाख ५० हजार बराबरको कुल बचत रकम संकलन गरेकोमा ३० लाख ५२ हजार ४ सय १५ रुपैया ऋण लगानी गरेको छ । संस्थाको अहिले आफ्नै दुई तले भवन रहेको छ ।

गोदावरी नगरपालिकाका १२ ओटै वडामा संस्थाको कार्यक्षेत्र विस्तारको अनुमति पाई सकेकाले वडा अनुसार सदस्य संख्या थप गर्ने, शेयर सदस्यहरुको सिप विकास गरि स्वारोजगार उन्मुख गराई आर्थिक जिवन स्तर उठाउने कार्यमा जोड दिइने, समाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्ने, संस्थाको घेरबार पर्खाल निर्माणको लागि आर्थिक स्रोतको लागि बिभिन्न निकायसंग समन्ब्य गरि रकम जुटाउने कुरामा पहलकदमी गर्ने, सहकारी संस्था मार्फत कृषिजन्य बस्तु मलखादँ, विउबिजन जस्ता बस्तु तथा सेवाहरुको प्रबन्ध मिलाइने लगायत संस्थाको आगामी योजना तथा कार्यक्रमहरु रहेको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद ओझाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका ब्यबस्थापक विश्वनाथ कापडीले गरेका थिए ।

Loading...