कृष्णपुरका मेयर हमालको नेतृत्वमा लालपूर्जा बाँड्न भूमि आयोगसँग लिखित सहमति (पत्र सहित)





कृष्णपुर, २४ पुस– कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख (मेयर) कणर्बहादुर हमालको नेतृत्वमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने कार्य अगाडि बढ्ने भएको छ ।



नगरपालिकाका मेयर हमाल र राष्ट्रिय भूमि आयोगबीच पहिलो चरणमै लालपूर्जा वितरण गर्ने विषयमा लिखित सहमति भएको छ । सहमतिपत्रमा स्थानीय तहको तर्फबाट मेयर कणर्बहादुर हमाल र आयोगको तर्फबाट अध्यक्ष केशव निरौलाले हस्ताक्षर गरेका छन् । आयोगले पहिलो चरणमा लालपूर्जा वितरण गर्न प्राथमिकतामा राखेका नगरपालिकामा कृष्णपुर नगरपालिका समेत परेको छ, जसलाई मेयर हमालको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।


यसअघि तत्काली प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको आयोगले गरेका कामलाई मान्यता दिँदै लालपूर्जा बाँड्न बाँकी रहेका काम गर्ने सहमति नगरपालिका र आयोगबीच भएको छ ।




