शैलेश्वरी मा.विको २ तले ४ कोठे पक्की भवनको उद्धघाटन




अत्तरिया, २३ पुस- कैलालीको गोदावरी नगरपालिका वडा नं ६ बडेहामा रहेको शैलेश्वरी माध्यामिक बिधालयको ४ कोठे पक्की भवनको उद्धघाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण गरिएको सो बिधालयको २ तले ४ कोठे नव निर्मित भवनको आज एक भब्य समरोहका बिचमा उद्धघाटन गरिएको हो ।


सो भवनको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । प्रदेश सांसद रहेका बेला राज्यमन्त्री चौधरीको बिषेश पहलमा बिधालयको नयाँ भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रलायले आर्थिक बर्ष २०७७÷०७८ को अनुदान रकम छुट्याएको थियो । कुल ३८ लाख बजेटमा बनेको उक्त भवनको २०७७ साल माघ १२ गते राज्यमन्त्री चौधरीले नै शिलन्याश गरेकी थिइन् ।


यस्तै सोही नयाँ भवनमा स्थापना गरिएको प्रबिधिमैत्री बिधालयको लागि ईन्टरनेट , प्रोजेक्टर र ल्यापटप जडान गरि आईसीटीको माध्यामवाट पठनपाठनको सुरुवात गर्न र सुबिधायुक्त बिज्ञान प्रयोगशालाको आजै उद्धघाटन गरिएको छ । प्रदेश सरकारको थप ५ लाख बजेटमा स्थापना गरिएको प्रबिधिमैत्री र बिज्ञान प्रयोगशालाको मन्त्री सोडारी र राज्यमन्त्री चौधरीले उद्धघाटन गरेका हुन् ।

उद्धघाटन समारोहमा बोल्दै मन्त्री सोडारीले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले भौतिक संरचना निर्माण देखी अन्य थुप्रै कामहरु गरिरहेको बताए । उनले यस क्षेत्रको पुराना बिधालयका रुपमा रहेको शैलेश्वरी माध्यामिक बिधालयको अध्यक्षमा खम्ब बुढा आएपछि थुप्रै राम्रा कामहरु भएको बताए । अहिले प्रदेश सरकारले देखिने गरि काम गरिरहेको बताउदै उनले शैलेश्वरी माध्यामिक बिधालयको विकासका योजनाहरु आगामी बजेटमा पनि समाबेश गरेर बजेट बिनियोजन गरिने बताए।
फरक प्रशंगमा उनले प्रदेशको राजधानी गोदावरी नगरपालिकामै तोकिएपनि जग्गा प्राप्तीमा भएको ढिलाईका कारणले राजधानीका लागि भौतिक संरचनाहरु बन्न नसकेको बताए । उनले राजधानी तोकिएको क्षेत्र बनको क्षेत्र भएकाले पनि संघिय सरकारवाट जग्गा प्राप्ती नहुदाँ सम्म काम अगाडी बढ्न नसकेको उनको भनाई छ । सोही कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले बिधालयमा भवन अभावका कारण समस्या भएको र नयाँ भवन निर्माणका लागि बिधालयवाट माग भई आएपछि आफूले प्रदेश सरकारवाट बजेट छुट्याउन लगाई नयाँ भवन निर्माण गरिएको बताइन् ।
उनले बिधालयको भवन निर्माणका लागि ३८ लाख र बिज्ञान प्रयोगशाला र प्रबिधिका लागि बाकिँ ५ लाख गरि ४३ लाख रुपैया बजेट बिनियोजन गरिएको बताइन् । उनले आज सबैको प्रमुख आवश्यकताको बिषय शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म गाउँ , समाज र देशको विकास हुन नसक्ने भएकाले सबै भन्दा पहिला मानवजाति शिक्षित हुनुपर्ने बताइन् । उनले शिक्षित हुनका लागि बिधालयको विकास हुन जरुरी रहेकाले अहिलेको बजेटमा पनि शैलेश्वरी माध्यामिक बिधालयका लागि १० लाख रुपैया बजेट बिनियोजन गरिएको जानकारी दिइन् । उनले आफू निर्वाचित भएर आएपछि आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटो , पुल , कल्र्भट लगाएको समर्ग विकासका लागि कटिबद्ध भएर लागेको बताइन् । उनले आफ्नो गृह क्षेत्रमा आफूलृ निर्वाचन अगाडी बोलेका प्राय सबै बाचाहरु बिस्तारै पुरा हुदै गैरहेको बताइन् ।
बिधालयमा प्रदेश सरकारको बजेटवाट ४ कोठाको २ तले पक्की भवन बनेपछि बिधालयको स्तरोउन्नतीका लागि थप सहज भएको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष खम्ब बुढाले बताए । उनले २०१७ सालमा स्थापना भएको शैलेश्वरी माध्यामिक बिधालयमा अहिले जनशक्तिको अभाव हुदाँ निजि स्र्रोतवाट शिक्षकहरु राखेर पठनापाठन गराइरहनु परेको बताएका छन् । उनले प्रदेश सरकारवाट धेरै सहयोग पाएकाले अझै यहाँ समस्याहरुमा प्रदेश सरकारका मन्त्रीहरुले सहयोग गर्नेमा आफूहरु आशावादी रहेको उनले बताए ।
शैलेश्वरी माध्यामिक बिधालय ब्यवस्थापन समितिका अध्यक्ष खम्ब बुढाको सभापतित्वमा भएको भवन उद्धघाटन कार्यक्रममा मन्त्री सोडारी प्रमुख अतिथी र राज्यमन्त्री चौधरी बिशिष्ट अतिथी रहेका थिए । यस्तै सोही कार्यक्रममा आज मात्रै ४ जना शिक्षाप्रेमी समाजसेवीले बिधालयमा गरिब , बिपन्न र जेहेन्दार बिधार्थीहरुलाई छात्राबृति प्रदान गर्ने उद्देश्यका साथ अक्षय कोषको पनि स्थापना गरेका छन् । अक्षय कोषको पनि स्थापना गर्नेहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।



