कैलालीमा सबैभन्दा बढी घरेलु हिंसाका घटना

धनगढी, २० पुस– कैलालीमा एक वर्षको अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटनाहरु घटेका छन् । सन् २०२१ को जनवरीदेखि डिसेम्बर महिनासम्म घरेलु हिंसाबाट १२२ जना महिला पीडित भएका हुन् । जिल्लामा संकलन गरिएका २२४ घटनामा महिला र पुरुष गरी २४४ जना पीडित भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले जनाएको छ ।

मंगलवार धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस जिल्लामा महिला र पुरुष गरी २ सय ४४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । एक वर्षको अवधिमा २ सय १५ महिला र २९ जना पुरुष गरी २ सय ४४ जना पीडित भएको इन्सेक सुदूरपश्चिम संयोजक खडक राज जोशीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै घरेलु हिंसाबाट १ सय २२ जना, बलात्कारबाट २० जना, बलात्कार प्रयासबाट १० जना, बेचबिखनबाट ७ जना र बहुविवाहबाट १७ जना महिला पीडित भएका संयोजक जोशीले बताए । त्यसैगरी बलात्कारबाट २० जना, बेचबिखनबाट ६ जना, यौनदुव्र्यवहारबाट ६ जना र बलात्कार प्रयासबाट ३ जना बालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै कथित बोक्सीको आरोपबाट १ जना महिला पीडित भएकी छिन् । आत्महत्या दुरुत्साहनबाट २ जना महिलाले आत्महत्या गरेका छन् भने एक बालिकाको बलात्कार पश्चात हत्या भएको इन्सेक सुदूरपश्चिमको अभिलेखमा रहेको छ । त्यस्तै एक वर्षको अवधिमा राज्य पक्षबाट १ जना माथि दुव्र्यवहार, प्रहरीको गोली लागेर २ जना घाइते र १० जना गिरफ्तार गरेको अभिलेख छ । त्यसैगरी गैर राज्य पक्षबाट ४ जनालाई कुटपिट र ३ जनालाई धम्की दिइएको छ ।

गैर राज्यबाट धारिलो हतियार प्रयोग गरी ८ जना पुरुषको हत्या गरिएको इन्सेकमा अभिलेखमा उल्लेख रहेको छ । जिल्लामा अझै पनि महिला हिंसाका घटनामा कमी नआएको इन्सेक सुदूरपश्चिम संयोजक जोशी बताए । यस्ता घटनामा कमी ल्याउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने संयोजक जोशीले बताए ।

Loading...