सांस्कृतिक संघको गोदावरी नगर स्तरिय समिति गठन

अत्तरिया, २० पुस– नेपाल सांस्कृतिक संघको गोदावरी नगर स्तरिय समिति गठन गरिएको छ । अत्तरियामा मंगलबार एक कार्यक्रमका विच सांस्कृतिक संघले गोदावरी नगर कमिटि गठन गरेको हो ।

उक्त कार्यक्रम संघकी गोदावरी नगर संयोजक सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेस सुदूर पश्चिमप्रदेश सदस्य तथा नेपाल सांस्कृतिक संघका कैलाली जिल्ला सभापति सुरत रावत (डोटेली कान्छा) रहेका थिए ।

Navadurga sun

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य पुष्पराज जोशी, पूर्व जिल्ला सदस्य सुरत कार्की, नेपाली कांग्रेसका निवर्तमान गोदावरी नगर सभापति हेम प्रकास उप्रेती, नेपाली कांग्रेस केन्द्रिय पार्टी प्रशिक्षक फणेन्द्र राज भण्डारी, नेपाली कांग्रेस गोदावरी वडा नं ४ का वडा सभापति शालीभान रावल, नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालयका नेता डण्डीराज जोशी, नेपाल सांस्कृतिक संघका जिल्ला उप-सभापति गोविन्द साउँद, सदस्यहरुमा दलबहादुर बोगटी, मेघा भट्ट, प्रेम विवश चन्द, सुरेश चोखाल, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा नेपाल सांस्कृतिक संघ गोदावरी नगर समिति लोकराज ओझाको सभापतित्वमा मंगलबार ९ सदस्यीय समिति चयन समेत गरिएको छ । जसमा उप-सभापतिमा पुष्पराज जोशी, सचिवमा यसोदा भट्ट, कोषाध्यक्षमा सुप्रिया विष्ट चयन गरिएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण ओझा, दलबहादुर मल्ल, सिर्जना विष्ट, रेखा खत्री, निशा सिंह चयन गरिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...