सुदूरपश्चिम राष्ट्रियसभा निर्वाचन : गठबन्धनदलका उम्मेदवारले मनोनयन दर्ता गरे






धनगढी, २० पुस– राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सुदूरपश्चिमले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक/एक जना ले उम्मेदवार दिएका हुन् ।


मंगलबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायणदत्त मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा कैलालाकी गरिमा शाहलाई उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।



