सुदूरपश्चिमका २३ माओवादी केन्द्रीय सदस्य (सूचीसहित)

अत्तरिया, १९ पुस– नेकपा माओवादीले सुदूरपश्चिमबाट २३ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ । समावेशी, खुल्ला र पिछडिएको क्षेत्रलगायतमा गरी २३ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । ८ औं महाधिवेशन अन्र्तगत अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची हलले पारित गरेको हो ।

Dadeldhura hospital

अध्यक्ष दाहालले समानुपातिकतर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम पेश गर्दा यहाँका २३ जना समेटिएका हुन् । अब ६३ जना सदस्य चयन गर्न बाँकी छ । सुदूरपश्चिमबाट अछामका तारामान स्वार, शरदसिंह भण्डारी बझाङका देबराज रेग्मी, कञ्चनपुरकी बिना मगर, दार्चुलाका लक्ष्मणदत्त जोशी केन्द्रीय सदस्य भएका छन् ।

Navadurga sun
Godawari sandesh

यस्तै बझाङकी सीता नेपाली, बैतडीकी रेणु चन्द, नरेन्द्र कुवर, दार्चुलाकी लक्ष्मी बिक, कैलालीका विरभान चौधरी, रुपा चौधरी, नेपबहादुर चौधरी, लालबहादुर सोडारी, कञ्चनपुरका देविलाल चौधरी, बझाङकी देबकी मल्ल पनि केन्द्रीय सदस्य भए । त्रिलोचन भट्ट, खगराज भट्ट, मन्जु बम, डम्बर घर्ती, बिमला सिंह, दीपा चौधरी, जगत पार्की र कुन्ति जोशी पनि केन्द्रीय सदस्य निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।

Loading...