कञ्चनपुरमा गैंडाको अक्रमणबाट एक जना घाइते





कञ्चनपुर, १८ पुस– कञ्चनपुरमा गैंडाको अक्रमणबाट १ जना घाइते भएका छन् । घाइते हुनेमा भीमदत्त नगरपालिका वडा नं. १९ बागफाँटा खल्लाका आन्दाजी ५५ वर्षीय रामसिंह नायक रहेका छन् ।


उनको छाती र दायाँ खुट्टामा चोट लागेको शुक्लाफाँटा निकुञ्जका रेञ्जर भुवन चौधरीले बताए । घाइते नायकको महाकाली अस्पतालमा उपचार रहेका छन् ।



