टीकापुर विमानस्थल स्तरोन्नतिका लागि बजेट नआउँदा सञ्चालनमा अन्योल

टीकापुर, १८ पुस– कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा विमानस्थल सञ्चालन हुने टुङ्गो लागेको छैन । केही प्राविधिक काम सहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा उक्त विमानस्थल सञ्चालनको टुङ्गो लाग्न नसकेको हो।

चालु आर्थिक वर्षमा यो विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट उपलब्ध गराइदिन यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, टीकापुर नगरपालिकाका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताले सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समन्वय गर्दै आएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नागरिक उड्डयन प्राधिकरण क्यानको गत आइतबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका १० वटा विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको निणर्य कार्यान्वयनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निणर्य गरेको थियो । ती दशमा टीकापुर विमानस्थल नपरेको भन्दै टीकापुरबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतामाथि सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि उनीहरुले बजेटको माग गर्दै मन्त्रालय सम्म पुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावल नेतृत्वको एक प्रतिनिधि मण्डलले गत सोमबार सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह समेत गरिएको बताइएको छ ।

त्यसपछि टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल पनि टीकापुर विमानस्थलका विषयमा बुझ्न बिहीबार मन्त्री आलेलाई भेट गर्न पुगेका थिए ।

नेता डाक्टर रावलले टीकापुर विमानस्थल सञ्चालनका लागि सम्बन्धित सबै पक्षसँग सहयोग, समन्वय र सहकार्य गरिने बताए । उनले मन्त्रीसँगको भेटमा स्थानीय सरकारले समन्वय नगरेकै कारण विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन हुन नसकेको बताउँदै यो विमानस्थल सञ्चालन गर्न तत्कालका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निणर्य भएको आफुले जानकारी पाएको बताए । विमानस्थल निर्माणको कामलाई क्रमागत रुपमा लैजाने सहमति भएको पनि उनले बताएका छन् ।

Loading...