निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा पुनः जोशी

अत्तरिया, १७ पुस- नेपाल निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा पुनः खेमराज जोशी निर्वाचित भएका छन । शुक्रबारदेखि शुरू भएको नौऔं महाधिवसनले शनिबार जोशीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो ।

Dadeldhura hospital

जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश भट्ट, महिला उपाध्यक्षमा रेखा जोशी, समावेशी उपाध्यक्षमा राधाकृष्ण चौधरी, सचिवमा निर्मल देउवा, कोषाध्यक्षमा पूर्णान्नद भट्ट र सह–सचिवमा लोकराज दाहाल सर्वसम्मत चयन भएका हुन ।

Navadurga sun
Godawari sandesh

यस्तै सदस्यमा झपिराज ओझा,मोहनदेव भट्ट, पेवालाल चौधरी, ऐनबहादुर सिंह, महिला सदस्यमा कुन्ता भण्डारी र भागरथी ओझा चयन भएका छन । समावेशी सदस्यमा जयराज जोशी र प्रकाश विक चयन भएका छन भने मनोनित सदस्यमा गोपाल रोकाया र पार्वती चौधरी रहेका छन ।

Loading...