हरेक महिनाको १५ र २८ गते अत्तरिया बजार बन्द हुने

अत्तरिया, १५ पुस– अत्तरिया बन्दले निरन्तरता पाउने भएको छ । केहि व्यक्तिहरुले बन्द गर्नुु हुन्न भन्ने माग गरेपछि बिहिबार अत्तरिया उद्योग वाणिज्य संघले आम भेला राखेको हो ।

Dadeldhura hospital

आम भेलाले विगत ८ बर्ष देखि महिनाको २ दिन हुने बन्द लाई निरन्तरता दिने निर्णय गरेको अत्तरिया उद्योग वाणिज्य संघ महासचिव यज्ञराज जोशीले जानकारी दिए । ‘केहि साथिहरुले बन्द गर्नुु हुन्न भन्ने माग गरे ।’ महासचिव जोशीले भने । ‘त्यसपछि अत्तरिया व्यावसायीहरुको भेला राखेको हो । भेलाले दुुई दिने बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ ।’

Navadurga sun
Godawari sandesh

उनले निर्णय उल्लंघन भएमा जरिवाना गरिने बताए । भेलामा बजार बन्द गर्ने नगर्ने भन्ने आवाज उठेको तर, बहुमतले बन्दलाई निरन्तरता दिने निर्णय भएको बताए । बजार पूर्ण रुपमा बन्द रहने उनको भनाई छ । बीचमा कोरोनाले गर्दा केहि व्यवस्थित हुन नकेको बजारलाई थप व्यवस्थित गरेर लैजाने महाचिसव जोशीले उल्लेख गरेका छन् ।

Loading...