


अत्तरिया, १५ पुस- कञ्चनपुरको शुक्लाफाँटा झलारीको खुल्ला मन्चमा बृहत शुक्लाफाँटा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति कञ्चनपुरको आयोजानामा पुस १५ को अवसरमा बृहत शुक्लाफाँटा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।


उक्त साँस्कृतिक कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति कञ्चनपुरका अध्यक्ष तेजा ऐरको सभापतित्व रहेको कार्यक्रमका प्रमुख अतिथी शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर रहनु भएको थियो ।


त्यस्तै कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज पनेरु, शुक्लाफाँटा नगरपालिका वडा नं.११ का वडा सदस्य जय बहादुर विष्ट, राष्ट्रिय संगितक्रमी संघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष तथा वरिष्ठ कलाकार निलगगन रोशन सिंह, राष्ट्रिय समाचार समितिका राजेन्द्र पनेरु लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथी रहेका नगर प्रमुख ऐरले ल्वासार पर्व र पुस पन्ध्रले नयाँ जोश र जाँगरका साथसाथै संगित क्षेत्रमा पनि नयाँ उत्साह थपोस भन्दै सम्पूणर्मा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै शुक्लाफाँटा नगरपालिका झलारीले नगरभित्रका कला क्षेत्रका व्यक्तित्वहरु, कलाकर्मीहरु, कलासंस्कृतिलाई सम्वद्र्धन संरक्षण गरेर जाने निति लिएको बताए ।
‘यसका लागि पटक-पटक हामिले हरेक तहमा हरेक नागरिकलाई हरेक कार्यक्रमलाई सहयोग गर्दै आएका छौं ।’ ‘आजपनि यो आयोजक टिमले नगरपालिकामा केही लिखित दिएको छ । नगरपालिकाको तर्पmबाट यो टिम लगायत यो कार्यक्रम लगायत अन्य तहलाई पनि हामि सहयोग गछौं सम्वद्र्धन गछौं र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएर अगाडी बढाउने हाम्रो कोसिस रहने छ ।’ उनले भने, ‘यो कार्यक्रमलाई सभ्व र भव्य रुपमा मनाउन हामि सबैको दायित्व, कतव्य हो ।’
यो पर्व हामि समयमै नगरपालिकाको तर्पmबाट समन्वय गछौं, सहजिकरण गछौं, यस्तो जनमुखि कार्यक्रमलाई हाम्रा युवाहरुलाई कलाकारकर्मी ज्यूहरुलाई संगितमय व्यक्तित्वहरुलाई, सम्वद्र्धन संरक्षण गरेमा यो कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु पनि जनता अपेक्षा अनुसार समन्वय गरेर अगाडी जाने नगर प्रमुख ऐरले बताए ।
उक्त साँस्कृतिक कार्यक्रममा नृत्य, गायन, कमेडी, लगायतका दर्जनौ स्थानिय कलाकारहरुले आ-आफ्नो प्रस्तुती समेत दिएका थिए । सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष तथा वरिष्ठ कलाकार निलगगन रोशन सिंह, रामनाथ योगी लगायतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन प्रकाश योगी, गुणकार पनेरु र माधवी जि.एम.बगरले गरेका थिए ।





