धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, यस्तो छ राष्ट्रिय सभा निर्वाचन कार्यतालिका

धनगढी, १५ पुस- माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको कैलालीका जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले उद्घाटन गरेको हुन् ।

२०७४ सालको निर्वाचन प्रदेशको डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने निर्वाचन आयोगले धनगढीमा गर्ने निर्णय गरेको थियो । आयोगनको मतदान केन्द्र सुदूरपशिचम प्रदेश सभा भवनमा यस अघि नै तोकी सकेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि छ ।
निर्वाचन अधिकृतका कार्यलयका अनुसार पुस १८ गते निवेदन तथा उजुरी छानविन र कारवाही गर्ने, १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ । यस्तै २० गते उम्मेद्वारको सुचि प्रकाशन गर्ने, २१ गते उम्मेद्वारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २४ गते उम्मेद्वारीको नाम फिर्ता लिने,२५ गते उम्मेद्वारीको अन्तिम नामावली प्रशाशन गर्ने र उम्मेद्वारीको निर्वाचन चिन्ह प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ । प्रदेशमा महिला, दलित र अन्य पदका लागि निर्वाचन हुनेछ। निर्वाचन अधिकृत पनेरुले धनगढीस्थित प्रदेशसभा सचिवालयमा दुईवटा मतदानकेन्द्र स्थापना गरी मतदान गराइने बताए । सोका लागि एक मतदानकेन्द्रमा तीनवटा मतपेटिका राखिनेछ । तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् ।

प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् । निर्वाचिन अधिकृतका कार्यालय उद्घाटनमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिम निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट र प्रहरीको सहभागिता रहेको थियो ।

Loading...