सुदूरपश्चिमको विकास योजना बनाउन देउवाले खटाए टोली

अत्तरिया, १४ पुस- प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलसहित पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलाई सुदूरपश्चिम खटाएका छन । उपाध्यक्ष डा।विश्व पौडेल र नेता महसहितको टोली मंगलबार धनगढी पुगेको छ।

Dadeldhura hospital

उपाध्यक्ष पौडेलका अनुसार उक्त टोलीले ९ वटै जिल्लामा पुगेर योजनाको खाका बनाउने छ । सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेताहरुलाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा उपस्थित हुन निम्तो गरिएको छ । प्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले विशेष चासोका साथ खटाएको टोलीले सुदूरपश्चिममा आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर योजना बनाउन तथा ठूला रोजगारी सृजना गर्न सक्ने गरी योजनाका खाका बनाउने छ । पार्टी महाधिवेशनमा भारी मतका साथ दोस्रो पटक सभापतिमा विजय भएपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिमको योजनाको खाका बनाउन लागि परेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

सोही अनुसार पौडेल र महर सहितको टोलीले सुदूरपश्चिमका ९ वटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तरक्रिया गर्ने छ । १४ औँ महाधिवेशनका १४ एजेण्डासहित लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा जितेका गृह जिल्ला डडेल्धुराका युवा नेता महरलाई यसको समन्वय गर्ने जिम्मेवारी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसै क्रममा आज धनगढीमा सप्पन्न एक अन्तरक्रियामा धनगढी उपमहानगरपालिका प्रमुख एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नृप वड, उप प्रमुख एवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट,राष्ट्रिय योजना आयोगका सदस्य डा।पुष्परमण वाग्ले, युवा स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र नं। ५ का सभापति भीम पडाल लगायतका नेताले आआफ्नो मन्तव्य राखेका थिए।

Loading...