रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Dadeldhura hospital

अत्तरिया, १३ पुस- कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ बल्मीमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका वडा नं. ५ तिलकपुरका ४२ बर्षिय मोटरसाइकल चालक सुरेश बुढाको मृत्यु भएको हो ।

बल्मीमा स्थानिय लक्ष्मण कुमार रावतले सडक किनारामा रोकेर राखेको सु.प.प्र. ०-००२ त ६०७९ नम्बरको ट्याक्टरमा मंगलबार बिहान बुढाले चलाएको सु.प.प्र.०१-००८ प ७१२७ नम्बरको मोटरसाइकाल ठोक्किएको थियो । दुर्घटना पछि घाइते भएको बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...