कैलालीमा हाइस दुर्घटना हुँदा १२ जना घाइते

Dadeldhura hospital

अत्तरिया, १३ पुस– कैलालीमा हाइस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका वडा नं. १० चुहा तिघरी जाने बाटोमा शुक्लाफाटा यातायात प्रालिको बा ५ खा ८९०० नम्बरको हाइस पल्टिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

नेपालगञ्जदेखि महेन्द्रनगर चल्ने हाइस पल्टिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । घाइतेको पहिचान हुन सकेको छैन् । उनीहरु सबैको अवस्था समान्य रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ।

Loading...