बृहत शुक्लाफाँटा साँस्कृतिक कार्यक्रम हुने

अत्तरिया, १३ पुस- कञ्चनपुरको शुक्लाफाँटा झलारीको खुल्ला मन्चमा बृहत शुक्लाफाँटा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ। राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति कञ्चनपुरको आयोजानामा पुस १५ को अवसरमा बृहत शुक्लाफाँटा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

कार्यक्रममा गायक विक्रमजंग शाह, वरिष्ठ हाँस्यकलाकार उमेश मायालु, हाँस्यकलाकार सुलेमान शंकर (ईकु), प्रेम पौडेल लगताय दर्जनौ स्थानिय कलाकारको प्रस्तुती रहने राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति कञ्चनपुरका अध्यक्ष तेजा ऐरले जानकारी दिए ।

Navadurga sun

त्यस्तै उद्घोषकमा प्रकाश योगी र गुणकार पनेरु छन् भने उद्घोषिकामा माधवी जि.एम.बगर रहेका छन् । उक्त सांस्कृतिक कार्यक्रम पुस १५ गते बिहान १० बजेदेखि ५ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...