गौरीगंगामा किशोर किशोरी मृत भेटिए

Dadeldhura hospital

अत्तरिया, १२ पुस– कैलालीमा झण्डै दुई सय मिटरको दूरीमा एक किशोर र एक किशोरी मृत भेटिएका छन् । गौरीगङ्गा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय १६ वर्षीया सन्जु र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । भने त्यसको करिब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको (डीएसपी) जोशीले बताए । डीएसपी जोशीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Loading...