फुलवारीमा माघी मेला लाग्ने

धनगढी, ११ पुस– थारु समुदायको नया वर्ष एवं ठूलो तिहार माघीको अवसरमा धनगढी उपमहानगरपालिका वडा नं. १९ फुलवारी मेला आयोजना हुने भएको छ । माघ १ गते नुहाउने दिने देखि सुरु हुने मेला माघ ५ गते सम्म आयोजना हुने जनाइएको छ ।

Dadeldhura hospital

मेलामा धेरै किसिमका खेलकुद प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती, झाँकी, फुड स्टल रहने थारु संस्कृति तिहार मञ्चका अध्यक्ष पर्वत चौधरी जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

मेलाको आवश्यक तयारी समेत सुरु गरि सकिएको छ । मेला फुलवारी आधारभुत विद्यालयको प्राङ्गणमा लाग्ने जनाइएको छ । मेलालाई भब्य र सभ्य तरिकाबाट सम्पन्न गर्नका लागि समिति उपसमितिहरु समेत गठन गरिएको व्यवस्थान समितिका अध्यक्ष धन कुमार चौधरीले बताए ।
माघीको अवसरमा फुलवारी युवा क्लबले भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

Loading...