धनगढी विमानस्थल निर्माणका लागि एक अर्ब रुपैयाँ बजेट बिनियोजन

काठमाडौं, ११ पुस– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुदूरपश्चिमको राजधानी धनगढीमा क्षेत्रीय विमानस्थल निर्माणका लागि एक अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अध्यक्षतामा आइतबार बसेको क्यानको बैठकले क्षेत्रीय विमानस्थलको विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० विगाह जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि सुदूरपश्चिममा क्षेत्रीय विमानस्थलको काम अघि बढ्नेछ । यसअघि पटक पटक भनिए पनि काम अघि बढ्न नसकेकोमा आले पर्यटन मन्त्री भए लगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिवद्धता जनाएका थिए ।

Navadurga sun

मन्त्री आलेले प्रतिबद्धता पूरा गरेको भन्दै धनगढीमा क्षेत्रीय विमानस्थल बनेपछि यो प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने प्राध्यापक डा. हेमराज पन्तले बताए । यो सुदूरपश्चिमकै लागि माइलस्टोन परियोजना भन्दै उनले मन्त्री आलेले वर्षौंदेखिको सपना पूरा गराइदिएको बताए ।

क्यानको बैठकले अछामको साँफेबगर,कमलबजार,टोटीको दिपायल र डडेलधुरामा समेत विमास्थलको रनवे विस्ता तथा टर्मिनल भवनहरु निर्माणका लागि बजेट बिनियोजन गरेकोछ ।

बजेट विनियोजनमा सुदूरपश्चिम सधै पछि परेको गुनासो आउँने गरेकोमा यसपटक मन्त्री आलेले ती क्षेत्रका विमानस्थलको विकास तथा विस्तारमा बजेटको व्यवस्था गरेका हुन् । क्यानको ३९२ औं बैठकले बजेट पारित गर्नुको साथै पूर्वाधार विकासका बारेमा निर्णयहरु लिएको प्रवक्ता चन्द्रलाल कर्णले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...