ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गरौः मुख्यमन्त्री भट्ट

धनगढी, ११ पुस– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकमा रहेको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेका छन् । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिँदै उनले जेष्ठ नागरिकलाई सरकारले दिदै आएका सेवा सुविधाको सहज र प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

Ganyapdhura gau
Dadhaldhura pur

सन्देशमा मुख्यमन्त्री भट्टले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मान जनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्न सम्बद्ध सबैमा आग्रह गरेक छन् ।

Navadurga sun

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निणर्य बमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...