अत्तरियामा आज देखी हेलोमार्टको शाखा संचालनमा

अत्तरिया, ९ पुस- कैलालीको अत्तरियामा हेलोमार्ट सञ्चालनमा आएको छ ।

Dadeldhura hospital

उक्त हेलोमार्ट आज नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टद्धारा उद्धघाटन गरेका हुन् । उक्त मार्ट महेन्द्रनगर रोडमा सञ्चालन छ । १५ करोड लगानी गरेर सञ्चालनमा ल्याइएको हेलोमार्टबाट ग्राहकहरुले रोजे खोजेको गुणस्तरयुक्त सामान सुपथ मूल्यका सहजै पाइने मार्टका सञ्चालक झपट बोहोराले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उनले स्थानीय स्तरमा उत्पादन हुने सामाग्रीलाइ प्राथमिकतामा राखेर ग्राहकहरुलाइ बढी भन्दा बढी सन्तुष्टि दिने लक्ष्यका साथ उक्त हेलो मार्ट सञ्चालन गरिएको बताए । सुदूरपश्चिममा ७ वटा मार्ट र काठमाण्डौमा ३ वटा मार्ट गरि १० मार्ट सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनको भनाई छ ।

मार्ट उद्धघाटनको अवसरमा गिफ्ट र भान्साको समानमा २० प्रतिशत छुट , फुड र बेवरेजमा ८ प्रतिशत छुट , पेय पदार्थमा ५ प्रतिशत छुट रहने मार्ट सञ्चालकले जनाएको छ ।

Loading...