राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं, ९ पुस– सरकारले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले शर्मा परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएको जानकारी दिनुभएको हो । त्यसैगरी सरकारले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Navadurga sun

त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने, जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय भएको छ ।

सँगै सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा (ईएमएस)को महसुसल पुनरवलोकन गर्ने निर्णयसमेत गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...