कैलालीमा बस र ट्रक ठोक्किँदा २० जना घाइते





अत्तरिया, ८ पुस– कैलालीमा बस र ट्रक ठोक्किँदा २० जना घाइते भएका छन् । कैलालीको खानिडाडाँ नजिक गोताले भन्ने ठाउँमा बस र ट्रक ठोक्किँएका हुन् ।


बझाङबाट धनगढी आउँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र बुटवलबाट डडेल्धुरा जाँदै गरेको ना६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किँएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरुलाई अस्पताल पठाइएको र घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले बताएके छ ।



