प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा

सुदुरपश्चिम अन्तिम चारमा पुग्दा एपिएफ समुह विजेता

धनगढी, ८ पुस- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा विहीवार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो ।

समुह बी अन्तर्गत विहीवार लिग चरणका सबै खेल सम्पन्न भएका हुन् । समुह बी बाट विभागीय टीम समुह विजेता बन्दै सेमिफाईनल पुग्दा समुह उपविजेता भएर घरेलु टोली सुदुरपश्चिम पनि अन्तिम चारमा पुगेको छ । समुह ए बाट समुह विजेता बन्दै प्रदेश १ र उपविजेता बन्दै लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् ।

Navadurga sun
Godawari sandesh

विहीवार भएका खेलमा सुदुरपश्चिम र एपिएफ विजयी भएका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा विहीवार विहान भएको खेलमा जित हात पार्दै सुदुरपश्चिम अन्तिम चारमा पुगेको छ । समुह बी अन्तर्गतको खेलमा सुदुरपश्चिम प्रदेशले प्रदेश २ लाई ८७ रनले हराएको हो । पहिलो खेलमा जितेको सुदुरपश्चिमले दोस्रो खेलमा एपिएफसँग हार व्यहोरेको थियो । तीन खेलमा दुईमा जित र एकमा हार सहित चार अंक जोडेको सुदुरपश्चिमले सेमिफाईनलमा स्थान बनाउन सफल भएको थियो ।

टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट क्षतिमा १४३ रन बनायो । सुदूरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी सहित ५० रन बनाईन् । त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाईन्।प्रदेश २ का लागि विमला मगरले २ विकेट लिईन् । त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक एक विकेट लिईन् । १४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ५६ रन मात्रै बनाउन सक्यो । प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाएको हो ।

प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २ विकेट लिईन् । ईश्वरी विष्टले १ विकेट लिईन् । सुदूरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भईन् ।

Dadeldhura hospital

विहीवार नै भएको दोस्रो खेलमा एपिएफले अपराजित यात्रा कायम राख्दै समुह विजेता बनेको छ । एपिएफले गण्डकी प्रदेशलाई एक सय १७ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन बनायो । सो पारीमा मध्यक्रमकी खेलाडी ममता चौधरीले ४३ रन बनाईन् । त्यस्तै सरीता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाईन् । ज्योती पाण्डेयले २४ रन जोडिन् । गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले एक विकेट लिईन् । एपिएफका ३ जना खेलाडी रनआउट भए ।

एक सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३३ रन मात्रै बनायो । २० ओभरमा ७ विकेट गुमाएर ३३ रन बनाउँदा गण्डकीका लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा १३ रन अतिरिक्त प्राप्त भयो । एपिएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २ विकेट लिईन् । सोनु खड्का, सुमन बिष्ट र सिता राना मगरले समान १ विकेट लिए । खेलमा एपिएफकी ममता चौधरी प्लेयर अफ म्याच भईन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार विश्राम दिईएको छ । शनिबार सेमिफाईनल र आईतबार फाईनलका खेल हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

सुदुरपश्चिमकी विन्दु रावलको अर्धशतक
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो अर्धशतक बनेको छ । विहीवार भएको लिग चरण अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशकी विन्दु रावलले अविजित अर्धशतक बनाएकी हुन् ।

प्रदेश २ विरुद्धको खेलमा उनले ५० रनको अर्धशतकीय पारी खेलेकी हुन् । ४५ वलको सामना गरेकी उनले चार चौका प्रहार गरिन् । ४४ वलमा ४६ रनको अवस्थामा रहँदा विन्दुले पहिलो ईनिङको अन्तिम वलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेकी हुन् । यो प्रतियोगिताको चौथो अर्धशतक हो ।

यसअघि प्रदेश १ का लागि अप्सरी वेगमले दुई वटा अर्धशतक बनाएकी छिन् । प्रदेश १ कै कप्तान रुविना क्षेत्रीले पनि एक अर्धशतक बनाएकी छिन् ।

Loading...