अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु

उद्घाटन खेल जनता मावि र दुर्गालक्ष्मी नमुना मावि बिच हुँदै

प्रकाशबहादुर बोहरा
अत्तरिया, ८ पुस- कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिता २०७८ शुरु गरिएको छ । उद्धार मिडिया ग्रुप प्रा.लि.ले बिहीबार देखि तीन दिने अन्तर मावि स्तरिय भलिबल प्रतियोगिता सुरु गरिएको हो ।
उक्त भलिबल प्रतियोगिता सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिता नेपाल कम्युनिष्ट पार्टि एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य उद्योग व्यवसायि महासंघका केन्द्रिय सदस्य किसन सिंह साउँदले उद्घाटन गरेका हुन् । प्रतियोगितामा ५ टिमको प्रतिष्पर्धा रहेको खेल संयोजक नरेश नाथ योगीले बताए ।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय र दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय बीचमा उद्घाटन खेल भएको छ । भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद रु. १२ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद रु. ८ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी प्रतियोगीतामा तृतिय स्थान हासिल गर्ने टिमले नगद रु. ४ हजारका साथै प्रमाणपत्र प्राप्त गर्ने छ भने खेलबाट वेस्ट पिलियर हुनेलाई उचित पुरुस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक योगीले बताए ।

त्यस्तै उद्धार मिडिया ग्रुपका सुदूरपश्चिम ब्यूरो प्रमुख तथा खेल संयोजक नरेश नाथ योगीको सभापतित्व संचालन भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टि एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य उद्योग व्यवसायि महासंघका केन्द्रिय सदस्य किसन सिंह साउँद (बिशाल) रहनु भएको थियो भने बिशिष्ट अतिथी सुदूरपश्चिम माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र नाथ योगी रहनु भएको थियो ।

त्यस्तै उद्घाटन सत्रमा प्रमुख अतिथी रहनु भएका साउँदले खेलकूदलाई हारजितको रुपमा मात्र नलिई आफ्नो प्रस्तुतीका लागि लिनुपर्ने बताएका छन् । खेलले हामीलाई स्वास्थ्य राख्नसमेत मद्दत गर्ने भएकोले खेलकूद एकदमै राम्रो भएको बताए । साथै उक्त खेलमा सहभागि सम्पूणर्लाई शुभकमाना समेत व्यक्त गरेका थिए ।

त्यसैगरी उद्धार मिडीया ग्रुपका प्रवन्धक निर्देशक प्रकाश नाथ योगी, होटल आग्रहका संचालक राज बहादुर खड्का, प्रतिक्षा होटलका संचालिका तथा समाजीक अभियन्ता यशोदा भट्ट, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रतिनिधी डम्मर बहादुर थापा, जनता मावि चुरे ६ शान्तिनगरका शिक्षक हर्क बहादुर साउँद, दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका शिक्षक भुपेश जोशी, सुदूरपश्चिम माध्यमिक विद्यालयका शिक्षक खगेन्द्र नाथ योगी, जनता माध्यमिक विद्यालयका शिक्षक बिरेन्द्र धामी लगायतको सहभागिता रहेको थियो । उक्त संचालन भलिबल प्रतियोगितामा प्रकाश नाथ योगीले मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको संचालन गणेश नाथ योगीले गरेका थिए ।

Loading...