धनगढीमा १५ करोडको लगानीमा खुल्यो हेलो मार्ट 

धनगढी, ७ पुस– कैलाली जिल्लाको धनगढीमा १५ करोडको लगानीमा हेलो मार्ट खुुलेको छ । बुधबारदेखि चटकपुर र क्याम्पस चोक गरी २ ठाउँबाट हेलो मार्ट सञ्चालनमा आएको हाे ।

Dadeldhura hospital

कैलाली उद्योेग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले चटकपुरमा रहेको हेलो मार्टको रिवन काटेर उद्घाटन गरेका थिए भने क्याम्पस चोकमा रहेको मार्टको धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष नारायण बरालले उद्घाटन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

प्रदेशको राजधानी अत्तरियामा पुष ९ गते र लम्कीमा एक महिनाभित्र मार्टको शाखा सञ्चालनमा ल्याइने हेलो मार्टका प्रबन्ध निर्देशक राजुु बोहराले बताए । उनका अनुसार कम्तीमा पनि तीन महिनाभित्र संघीय राजधानी काठमाडौँ, डडेल्धुरा, चिसापानी, टीकापुर र कोहलपुुरमा गरेर थप ५ ठाउँमा मार्टको शाखा विस्तार गर्ने योजना छ ।

मार्टमा सबै किसिमका सरसामान उपलब्ध हुनेछन् । विशेष गरेर सुदूरपश्चिममै उत्पादन हुने अर्गानिक तरकारी, दाल तथा फलफूल, दुुग्धजन्य वस्तुुहरु, कुखुरा, हाँस र कालिज लगायतका स्थानीय उत्पादन खरिद गरेर बिक्रि गर्ने योजना बनाइएको बोहराले जनाएका छन् ।

Loading...