नेकपा (एस) निकट भातृ संगठन युवा संघ नेपाल डडेल्धुराको अध्यक्षमा बुढाऐर चयन

डडेल्धुरा, ७ पुस- नेकपा (एकीकृत समाजवादी) निकट भातृ संगठन युवा संघ नेपाल डडेल्धुराको अध्यक्षमा सुरेन्द्र बुढाऐर चयन भएका छन्। जिल्ला सदरमुकाममा बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट बुढाऐरको अध्यक्षमा ५१ सदस्यीय कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा रोहन ऐर, हेमन्त विक, सचिवमा चेतराज पनेरु, उप-सचिव कलावती विक, राजबहादुर बोहरा, सुरत ताम्राकार र बलबहादुुर विष्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा श्यामबहादुर साउँद, रमेश रावल, खेम विष्ट, रतन महरालगातय चयन भएका छन् ।

Navadurga sun

त्यस्तै बुधबारनै अखिल नेपाल महिला संघ डडेल्धुराको प्रथम भेलाले जिल्ला कमिटी अध्यक्षमा कमला साउँदलाई चयन गरेको छ । साउँदको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

अनेम संघको उपाध्यक्षमा पार्वती पाठक र गोविन्दा ताम्राकार सचिवमा लक्ष्मी गैराल र उप-सचिवमा यशोदा चुनारा चयन भएकी छिन् । भेलाको प्रमुख अतिथिमा नेकपा (एस) प्रदेश अध्यक्ष विक्रम शाही र विशिष्ट अतिथिमा जिल्ला इन्चार्ज नरबहादुर विष्ट रहेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...