कैलारी गाउँपालिका साक्षर पालिका घोषणा

अत्तरिया, ७ पुस- कैलालीको कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । साक्षर घोषणाका लागि सो गाउँपालिकाले मापदण्ड पूरा गरेपछि बुधबार हसुलिया स्थित दीपेन्द्र माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरी साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

१५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९५ पुगेमा साक्षर घोषणा सकिने नेपाल सरकारले मापदण्ड निर्धारण गरेको छ । कैलारी गाउँपालिकामा यो उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९८.६ पुगेको शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्रले जानकारी दिए ।

Navadurga sun

कैलालीमा साक्षर बन्ने पालिकामा कैलारी पाँचौ स्थानीय तहको शिक्षा समन्वय समितिका अध्यक्षसमेत रहेका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको साक्षरता घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य वीरमान चौधरी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा उनले कैलारी गाउँपालिकाभित्र चरणवद्ध रुपमा शैक्षिक विकास भइरहेको बताए । गाउँपालिकाभित्र स्मार्ट शिक्षाको सुरुवात भइसकेको उल्लेख गर्दै चौधरीले कोभिड-१९ ले शिक्षा क्षेत्रलाई तहसनहस पारेको धेरै चुनौतीपूणर् अवस्थामा कैलारी गाउँपालिका साक्षर बनेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...