अनेरास्ववियूले विभिन्न माग अघि राख्दै सुप विश्वविद्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र

कञ्चनपुर, ७ पुस– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले विभिन्न माग अघि राख्दै सुप विश्वविद्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ । बुधबार अनेरास्ववियू कञ्चनपुरले बृद्धि गरिएको शुल्क फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

विद्यार्थीको ढाड सेक्ने गरि प्रवेस परीक्षा, अन्तिम परीक्षा र रजिष्ट्रेशन परीक्षामा बृद्धि गरिएको शुल्क खारेजीको माग अघि सार्दै ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष कमल रोकायाले विश्वविद्यालयले गरिरहेको अपादर्शीता निणर्य खारेजी र विद्यार्थीको हकहितका लागि ज्ञापन पत्र बुझाएको बताए ।

Navadurga sun

अनेरास्ववियूले विद्यार्थीलाई एकदमै ठूलो मार पर्ने गरि प्रथम सेमिष्टरमै रजिष्टे्रशन फारम भराउने काम सार्दै दोस्रोदेखि पछिल्ला सेमिष्टरमा गराउनुपर्ने माग जोडदारसंग अघि सारेको छ । विभिन्न विश्वविद्यालयबाट विद्यार्थी भर्नाका लागि आउने भएकाले शुरुमै रजिष्ट्रेशन भर्न लगाएर विद्यार्थीलाई बाह्य क्याम्पस जान बाध्यता पारिरहेको अनेरास्ववियूको ठहर छ ।

नियम विपरित भर्ना गरिएका प्राध्यापक कर्मचारी हटाउनुपर्ने, रिक्त पदमा तत्काल पदपूर्ति, केन्द्रीय तथा आंगिकमा ३० प्रतिशत छात्रबृति दिनुपर्ने, राजनीतिक पहुँचका आधारमा नियुक्ती खारेजी, केन्द्रीय क्याम्पसमा दक्ष प्राध्यायक नियुक्त गरिनुपर्ने, विश्वविद्यालयको हित भन्दा पनि व्यक्तिगत हितका लागि आफु अनुकुल पटक पटक संशोधन भएका नियमावली खारेजी गर्नुपर्ने माग अघि सारेका छन । अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र बुझ्दै रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन प्रमुख गोबिन्द वल्लव पन्तले जायज माग पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...