धनगढीमा लागुऔषधसहित दुई जना युवक पक्राउ





धनगढी, ७ पुस– कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित कञ्चनपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका–२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको हो । दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको बताइएको छ ।



