साना किसान कृर्षि सहकारी मालाखेतीको २५ औँ बार्षिक साधारण सभा सम्पन्न
सहकारीले आ.व.२०७७/०७८ मा १ करोड १४ लाख ६२ हजार रुपैया खुद नाफा आर्जन गर्यो





अत्तरिया, ६ पुस– कैलालीको गोदावरी नगरपालीका वडा नं. २ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २५ औ वार्षिक साधारण एबम् नवौ अधिबेशन सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष तेजराज अबस्थीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाकी उप-प्रमुख रत्ना कडायत प्रमुख अतिथी रहेका थिए भने बिशिष्ट अतिथी गाेदावरी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण राज जाेशी रहनु भएको थियो ।


कार्यक्रममा बोल्दै उप-प्रमुख कडायतले जनताको विकाश भए समाजको विकाश हुने र समाजको विकाश भए नगरको विकाश हुने भएकाले सबैले ब्यवासायीक रुपमा अगाडी बढ्न जरुरी रहेको बताइन् । सहकारी किसानहरुको खेती जस्तो रहेको हुँदा आफ्नो खेतीको हेरचाहा पनि आफैले गर्नुपर्ने समेत उनले बताइन् । त्यस्तै उनले सहकारीको विकास नै शेयर सदस्यहरुको बृद्धिविकास भएकाले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुनुपर्ने बताइन् ।



२०५३ सालमा २ सय ९१ जना शेयर सदस्यको १२ हजार ५ सय रुपैया शेयरपुँजीबाट सुरु भएको सो सहकारीमा आर्थिक बर्ष २०७७/०७८ को असाढ मसान्त सम्ममा २ करोड ७ लाख ५८ हजार शेयरपुँजी रहेको छ । संस्थाले आर्थिक बर्ष २०७७/०७८ को असाढ मसान्त सम्ममा ३० करोड ३१ लख ७६ हजार बराबरको कारोबार गरेको छ । १ करोड १४ लाख ६२ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । ९९ लाख ५९ हजार नाफा कमाउने लक्ष्य लिएको उक्त रकम खुद नाफा भएको हो ।
त्यसैगरि आर्थिक बर्ष २०७८/०७९ मा १ करोड १५ लाख ७५ हजार रुपैया नाफा कमाउने लक्ष्य राखिएको २०७८/०७९ को बार्षिक बजेट, निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । संस्थाले गोदावरी नगरपालीका वडा नं १,२,३,४,१०,११, १२ र चुरे गाउँपालिकाको वडा नं २,३,४ मा आफ्नो सेवा दिदै आईरहेको छ । उनले सामुदायिक तथा सामाजिक कार्यक्रमहरु अन्र्तगत सहकारीले बिभिन्न ठाउँमा आर्थिक सहयोग पनि गर्दै आएको बताए । उनले साना किसानहरुको विकास, साना किसानहरुवाट, सानाकिसानहरुका लागि नै गर्न सकिन्छ भन्ने बिश्वासका साथ यस क्षेत्रमा छरिएर रहेका स सानो पुजीँलाई बिभिन्न बचतका माध्यामद्धारा संकलन गर्दै त्यसको अधिकतम परिचालन गरि साना किसानहरुलाई आवश्यक पर्ने स साना घरेलु समस्या देखी कृषि उत्पादन, कृषि ब्यबसाय र साना घरेलु उधोगहरु संचालनका लागि लगानी गर्दै आएको बताए ।
संस्थाको कोरोना महामारीका बेलामा आफ्नो शेयर सदस्यहरुका लागि बिभिन्न सहयोग गरेको संस्थाका मुख्य प्रबन्धक गोखर खत्रीले जानकारी दिए । संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा गर्ने संस्थाका मुख्य रणनिति तथा कृयकलापहरु पनि सार्वजनिक गरिएको छ । जसमा १ बर्ष भित्रमा संस्थाको कार्यक्षेत्रका सम्पूणर् साना किसान परिवार मध्ये ९५ प्रतिशतलाई साना किसान सहकारीमा समेटिने मुख्य प्रबन्धक खत्रीले बताए । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र शेयर सदस्यहरु उपस्थित रहेका थिए ।



