अत्तरियामा एक दिने नेतृत्व भूमिका सम्वन्धी सेमिनार सम्पन्न

प्रकाशबहादुर बोहरा
अत्तरिया, ६ पुस- कैलालीको अत्तरियामा एक दिने नेतृत्व भूमिका सम्वन्धि सेमिनार सम्पन्न भएको छ । जि पी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्र र त्रीनयन खोज अनेकको संयुक्त आयोजनामा उक्त सेमिनार सम्पन्न भएको हो ।

जि पि कैलाली अध्यक्ष जगतराम महराको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्वर पाल प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथीमा पूर्व क्याम्पस प्रमुख गिरिराज कडायत रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डम्बर पालले यस्तो किसिमको नेतृत्व सम्वन्धी तालिमले धेरै कुरा सिक्नुका साथै नेतृत्वका लागि यो तालिम प्रयाप्त हुने बताए । उनले नेतृत्वले सफलता प्राप्त गर्न सक्ने र रिजल्टको अंकले मात्र कक्षाकोठाको सफलता हुने होइन की समाजका विभिन्न पक्षमा नेतृत्व गर्न सक्ने हुनुपर्छ त्यसको लागि यस्तो किसिमको नेतृत्व विकास सम्वन्धी तालीम पनि आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय पब्लिक स्पिकर सौनक भट्टले नेतृत्व सम्वन्धि प्रशिक्षण दिएका थिए । इन्टरनेशनल मोटिभेसनल स्पिकर तथा जीवन कोच रहेका सौनक भट्टले मोटिभेसनलमा विभिन्न किसिमका जीवन उपयोगीका साथै उत्प्रेरणाका भनाईहरुका बारेमा जानकारी गराउनुका साथै मेरिटेसन समेत गराएका थिए ।

त्रीनयन खोज अनेकका अध्यक्ष जय धामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन देवराज ओझाले गरेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता फणेन्द्र राज भण्डारी, जेसिजका अध्यक्ष पदमराज ओझा, विशिष्ट अतिथी गिरिराज कडायत लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । उक्त नेतृत्व सेमिनारमा १०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

Loading...