धनगढी विमानस्थल वरपरको जग्गामा रेखाङ्कन सहित पिल्लर गाढिएपछि स्थानीय आन्दोलित

धनगढी, ५ पुस– धनगढी उपमहानगरपालिका वडा नं. १३ को अधिकांश जग्गामा रेखाङ्कन सहित पिल्लर गाढिएपछि स्थानीय आन्दोलित भएका छन् । अहिले विमानस्थल कायम रहेको क्षेत्रभित्र पूर्वपट्टीको सम्पूर्ण जग्गामा रेखाङ्कन गरिएपछि उनीहरु सोमबार आन्दोलनमा उत्रिएका हुन् ।

Dadeldhura hospital

यसअघि उनीहरुले के-गर्ने भनेर छलफल समेत गरेका थिए । धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने विषय विगतदेखि नै चर्चामा छ । तर पछिल्लो पटक जग्गा कब्जा गर्ने नियतले रेखाङ्कन गरिएको स्थानीयको गुनासो छ । जग्गाको कारोबारीले सरकारले दिने मुआब्जाभन्दा सस्तोमा स्थानीयसँग जग्गा खरिद गर्ने नियतका कारण रेखाङ्कन सहित पिल्लर गाढिएको आशंका गेटाका स्थानीय लोकराज भट्टको छ ।

Navadurga sun
Godawari sandesh

गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले प्रधिकरणको तर्फबाट कुनै पनि काम सुरु नभएको बताएका थिए । जग्गा अधिग्रहण हुने चर्चाकै कारण विगत देखि नै हैरानी खेप्दै आएका स्थानीय अहिले थप त्रसित भएका छन् ।

Loading...