धनगढी ६ लेन सडकमा स्कुटर र बस ठोक्किदा…





धनगढी, ५ पुस- धनगढीमा स्कुटर र बस एक आपसमा ठोक्किएका छन् । उपमहानगरपालिकाको वडा नं. ४ बोराडाडीमा से ४ प २५५३ नम्बरको स्कुटर र म १ ख ८०९ नम्बरको भाडा बस आपसमा ठोक्किएका हुन् ।


सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् । धनगढीकै ८६ वर्षीय स्कुटर चालक कृतसिंह माल घाइते भएको र उनको उपचार भैरहेको बताइएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



