अत्तरियामा टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी मल्टी मोटर्सको उद्धघाटन

अत्तरिया, ४ पुस– सुदूरपश्चिनम प्रदेशको राजधानी कैलालीको अत्तरियामा टीभीएस कम्पनीको नयाँ स्वरुम संचालनमा आएको छ । अत्तरियाको धनगढी रोडमा वडा नं. १ को कार्यालय नजिकै टीभीएस कम्पनीको आधिकारिक बिक्रता बागेश्वरी मल्टी मोटर्स संचालनमा आएको हो ।

उक्त स्वरुमको आज (आईतबार) गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले भब्य रुपमा उद्धघाटन गरेकी छन् । बागेश्वरी मल्टी मोटर्सका संचालनक प्रेम साउँदको सभापतित्वमा आयोजित एक औपचारिक कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी उप प्रमुख कडायतले रिवन काटेर स्वरुमको उद्धघाटन गरेकी हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

टीभीएस कम्पनीको आधिकारिक बिक्रता बागेश्वरी मल्टी मोटर्सको उद्धघाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रबक्ता एबम् वडा नं. १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बिशिष्ट अतिथी रहेको थिए ।

त्यस्तै उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख एसपी बामदेव गौतम, ईप्रका मालाखेतीका निमित्त प्रमुख प्रहरी निरिक्षक दान बहादुर रोकाया, भारतवाट आएका टिभिएस कम्पनीका नेपाल प्रमुख दिपक मक्कर, जगम्बा मोटर्सका सह अध्यक्ष दिपक कुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दिपक रौनियार, जगदम्बा मोटर्सका मार्केटिङ हेड बिक्रम पौडेल र जगदम्बाका सेल्स म्यानेजर सन्तोष पारिक अतिथी रहेका थिए ।

त्यस्तै सोही कार्यक्रम मार्फत टीभीएस कम्पनीको नयाँ बाइक ‘टीभीएस राइडर’ को लञ्च पनि गरिएको छ । बिभिन्न सेवा सुबिधा सहित अत्तरियामा संचालनमा आएको स्वरुमले ग्राहकहरुको माग अनुसार नै काम गर्ने संचालक साउँदले बताए । अत्तरियामा २ महिना पहिले स्थापना भएको उक्त बागेश्वरी मल्टी मोटर्सले उद्धघाटन अगाबै डेढ सय मोटरसाईकल तथा स्कुटरहरु बिक्रि गरिसकेको उनले बताए ।

Loading...