प्याब्सन कैलालीको अध्यक्षमा टोपेन्द्रवीर शाह





धनगढी, ४ पुस– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कैलालीको अध्यक्षमा टोपेन्द्रवीर शाह चयन भएका छन् । शनिबार भएको १४औँ जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा डिल्लीराज देवकोटा चयन भएका छन् भने दुई उपाध्यक्षमा पदम साउद र जयकृष्ण तिमिल्सेना चयन भएका छन् । सचिवमा चेतराज देवकोटा, सहसचिवमा मोहन खत्री र गोविन्द सेडाई, कोषाध्यक्षमा देव कुँवर र सहकोषाध्यक्षमा सूर्यबहादुर डाँगी चयन भएका छन् ।
त्यस्तै भूगोल सदस्यमा डम्मरदत्त जैसी (भजनी), तेजराज कुँवर (टीकापुर), तप्त चलाउने (लम्कीचुहा), हिरादत्त भट्ट (अत्तरिया), राधेश्याम कठरिया (जोशीपुर), झपट सोडारी (जानकी), जगन्नाथ जोरा (धनगढी) चयन भएका छन् । त्यस्तै खुला जिल्ला सदस्यमा विक्रम शर्मा, रामप्रसाद उपाध्याय, रामचन्द्र शाही, डिकेन्द्रजंग कुँवर र मोहनराज अर्याल चयन भएका छन् ।



