आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु

काठमाडौं, ४ मंसिर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु भएको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने जनाएको छ।

आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरा बाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ। उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...