कोरियो भाईब डान्स हबको आयोजनामा एक दिने डान्स वर्कसप सम्पन्न

अत्तरिया– अत्तरियामा डान्स वर्कसप सम्पन्न भएको छ । अत्तरियाको धनगढी रोडमा रहेको कोरियो भाईब डान्स हबको आयोजनामा शनिबार एक दिने डान्स वर्कसप सम्पन्न भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

अत्तरिया लगायत विभिन्न क्षेत्रका डान्स क्लबहरुका नृत्य सिकिरहेका बिधार्थीहरुलाई एकै ठाउँमा समेटेर नृत्य सम्बन्धि अन्य ज्ञानहरु प्रदान गर्ने उद्देश्यका साथ एक दिने डान्स वर्कसपको आयोजना गरिएको कोरियो भाईब डान्स हबका संचालक लोकेश बोहराले जानकारी दिए । सामान्य रुपमा नृत्य गर्नुभन्दा पनि यस सम्बन्धि ज्ञानहरु बुझेर नृत्य गर्दा अझै सहज हुने भएकाले नृत्य क्षेत्रमा केही गर्छु भन्नेहरुलाई भौतिक रुपले मात्रै नभई बौद्धिक रुपमा पनि केही ज्ञानहरु प्राप्त होस भन्नका लागि कार्यक्रम गरिएको उनले बताए ।

Navadurga sun

उनले आज एक दिन भएपनि वर्कसपमा सहभागि भएकाहरुले नृत्य सम्बन्धि धेरै ज्ञानहरु पाउनुका साथै हौसलामा समेत बृद्धि भएको विश्वास ब्यक्त गरे । हिपहप डान्समा आबद्धहरुलाई बढी प्रथमिकता दिदै वर्कसपको आयोजना गरिएको उनले बताए । सहभागीहरुलाई कोरियोग्राफर रमेश नागरिले प्रशिक्षण दिएका थिए । सो वर्कसपमा बिभिन्न क्लबवाट ३५ जनाको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...