अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने





प्रकाशबहादुर बोहरा
अत्तरिया, ४ पुस- कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ । उद्धार मिडिया ग्रुप प्रा.लि.ले यहि पुस ८ गतेबाट सुरु हुने प्रतियोगीताको आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।


उक्त तीन दिन सम्म सञ्चालन हुने प्रतियोगीतामा १० वटा विद्यालयका टिमहरुको सहभागीता रहने अपेक्षा गरेको प्रतियोगीताका कार्यक्रम संयोजक नरेश नाथ योगीले जानकारी दिए । कैलाली र कञ्चनपुरका मावी स्तरिय सम्पुणर् विद्यालयहरुलाई टिम सहभागीताका लागी पत्र पठाईसकेको र सामुदायीक, संस्थागत तथा विभागीय जुनसुकै मावीस्तरिय विद्यालयले प्रतियोगितामा सहभागीता जनाउन पाउने कार्यक्रम संयोजक नरेश नाथ योगीले बताए ।



प्रतियोगीतामा कक्षा १० सम्मका विद्यार्थी र सोही विद्यालयका २ जना शिक्षकले खेल्न पाउने व्यवस्था मिलाएको समेत कार्यक्रम संयोजक योगीले बताए । प्रतियोगीताको विजेता टिमले नगद रु. १२ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद रु. ८ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी प्रतियोगीतामा तृतिय स्थान हासिल गर्ने टिमले नगद रु. ४ हजारका साथै प्रमाणपत्र प्राप्त गर्ने छ भने खेलबाट वेस्ट पिलियर हुनेलाई उचित पुरुस्कारको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक योगीले बताए ।
उक्त भलिबल प्रतियोगितामा विभिन्न अन्य कार्यक्रममा विद्यार्थी र शिक्षकले सहभागि हुन नपाउने भएकोले यो कार्यक्रमको आयोजना गरिएको खेलकूद प्रमुख व्यवस्थापक गणेश नाथ योगीले बताए ।
प्रतियोगीता संचालनका लागी करिब १ लाख २ हजार रुपैया खर्च हुने अनुमान गरिएको उनले बताए । प्रतियोगिता विद्यालयको खेलमैदानमा पुस ८ गते देखि १० गते सम्म प्रतियोगीता संचालन हुनेछ ।



