एमाले सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी कर्ण थापालाई

बाजुरा, २ पुस– नेकपा एमाले सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी स्थायी कमिटि सदस्य कर्ण बहादुर थापालाई दिएको छ । यसअघि प्रदेश अध्यक्ष रहेका कर्णबहादुर थापालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको हो। थापा दोस्रो संबिधान सभाको चुनावमा बाजुरा बाट भारि मतले विजय भएका थिए ।

सुदूरपश्चिम इञ्चार्जमा केन्द्रीय सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट तोकिएका छन्।

Navadurga sun

नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ। १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो। एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरु पनि तोकेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...