निर्वाचनका लागि मतदाता र मतदान केन्द्र प्रदेशसभा भवनमा तोकियो (बिज्ञप्ति सहित)
धनगढी, १ पुस– राष्ट्रियसभा सदस्य लागि आगामी माघ १२ मा हुन गइरहेको निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकिएका छन्। निर्वाचन आयोगले बिहीबार प्रेस बिज्ञप्ति प्रकाशन गर्दै उक्त कुराको जानकारी गराएको हाे ।


निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यहरू ५३२ र पालिका प्रमुख र उपप्रमुख १४९३ गरी जम्मा २०२५ मतदाता हुनेछन्। यस निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने बिज्ञप्ति मार्फत आयोगले जनाएको छ।

निर्वाचन आयोगद्वारा जारी प्रेस बिज्ञप्ति:

