जग्गा अभावले धनगढीमा रहेन एयरक्राफ्ट म्यूजियम

धनगढी, २९ मंसिर- धनगढीमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) सारिएको छ । क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्यूजियम सारिएको हो ।

९ वर्षअघि हसनपुरमा स्थापना गरेको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक थियो । तर, जग्गा अभावकै कारण उक्त एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिन लागिएको क्याप्टेन बेद उप्रेतीले बताए । ‘यस्तो नौलो कन्सेप्टमा संग्रहालय कतै बनेका थिएनन । तर अहिले जमिन नहुँदा सारिएको हो ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले भने, ‘विपी चोकमा नेपालगञ्ज उपमहानगपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको छ।’ उनका अनुसार धनगढी उपमहानगरपालिकासँग पनि जग्गाको विषयमा छलफल भइरहेकाले त्यो टुंगो लागे यहाँ कुनै नयाँ किसिमको केही खोल्ने योजना रहेको छ ।

उनले नेपाली आकाशमा उडेर बन्द भएको कस्मिक एयरको फोकर–१०० जहाजलाई संग्रहालयको रूप दिएका थिए । एयरक्राफ्टलाई नै संग्रहालय ‘घर’ बनाइएको थियो । त्यहाँ राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सय वटा मिनियचर एयरक्राफ्ट म्यूजिमभित्र राखिएका थिए । क्याप्टेन तथा एरियल फोटोग्राफर उप्रेतीको अवधारण र व्यक्तिगत पहलमा बनाइएको सो संग्रहालयमा उप्रेतीले खिचेका देश–विदेशका उत्कृष्ट तस्बिरहरु समेत राखिएका थिए ।

संग्रहालयबाट भएको आम्दानीको केही हिस्सा बेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीको उपचार र जेहेन्दारको छात्रवृत्तिमा खर्च गर्ने घोषणा समेत उनले गरेका थिए ।

सुदूरपश्चिम जहिले पनि ओझेलमा परेकोले उनले आफ्नै जन्मथलोमा केही नयाँ काम गर्न संग्रहालय खोलेका थिए । एक करोड २५ लाख खर्च भएको उक्त संग्रहालय हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको थियो ।

Loading...